भारतको सिरम कम्पनीमा आगलागी, आगो निभाउने प्रयास जारी


     एभरेस्ट आवाज    
     माघ ९ गते २०७७ मा प्रकाशित




भारतको कलकत्तास्थित पुनेको कोभिड–१९ विरुद्धको खोप उत्पादन गरिरहेको सिरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको छ ।

कम्पनीको निर्माणाधीन भवनमा आगलागी भएको हो। कम्पनीको मञ्जरी भवनबाट आगलागी सुरु भएको थियो।

भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कम्पनीमा अहिले आधा दर्जन दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्।

भवनमा रहेका चारमध्ये तीनजनाको उद्धार भइसकेको छ भने एकजनाको उद्धार कार्य जारी छ। अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन।

कोभिड भ्याक्सिन उत्पादन प्लान्टकै छेउमा रहेको अर्को प्लान्टमा आगलागी भएको बताइएको छ। कोभिड भ्याक्सिन प्लान्टमा भने क्षति नभएको र कोभिड-१९ खाेपको उत्पादनमा कुनै असर नपरेको कम्पनीले जनाएको छ।

सय एकडको क्षेत्रफलमा रहेको भवनमा दिउँसो २ बजेर ४५ मिनेटमा आगो लागेको थियो। सिरम इन्स्टिच्युटलाई ठूला खाेप उत्पादक कम्पनीको सूचीमा अग्रस्थानमा आउनेमध्ये एक मानिन्छ।

सिरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेको कोराेना भाइरसविरुद्ध खाेपलाई कोभिसिल्ड उत्पादन गर्दै आएको छ। यो भ्याक्सिनको १० लाख डोज बिहीबारै भारत सरकारको अनुदानमा नेपालमा आइपुगेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।