सन्देश श्रेष्ठ
पोखरा, असर २८ पोखरामा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।अविरल बर्षापछि आएको पहिरोले पोखराको ३ ठाउँमा घर पुरिँदा ११जनाको ज्यान गएको हो । घटनामा १बेपत्ता छन् भनेव२ घाइते भएको कास्की प्रहरीले जनाएको छ ।पोखरा-१९ तल्लाकोटस्थित टारीमा पहिरोले घर पुरिदा एकै घरका ६ जना सहित ७ जनाको मृत्यू भएको छ । अविरल वर्षापछी आएको बाढीले टारीस्थित कुलबहादुर परियारको घर बगाउँदा उनको परिवारका ६ जनासहित ७ जनाको ज्यान गएको हो । पहिरोले घरमूली ४६ वर्षिय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी परियार । आमा ८५ वर्षीया लक्षीमा परियारको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय कास्कीलाई जनाएको छ । त्यस्तै पहिरोले परियारकी छोरी १५ वर्षीया प्रश्ना परियार, चितवन घर भई माइती आएकी अर्की छोरी २० वर्षीया प्रभा परियार, ज्वाँई २५ वर्षिय अस्मित परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको जनाइएको छ । अन्यको मृत्यु पछि शव निकालिएको हो भने राधिकालाई उद्धार गर्दा लडेर घाइते भई घटनास्थलमै मृत्यु भएको उद्धारमा खटिएका सशस्त्र प्रहरीको कालिका गणका सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र विष्टलाई उधृत गर्दै सशस्त्र प्रहरी उपीक्षक अरुण बमले जानकारी दिए ।
पहिरोले मृतक राधिका परियारका छोरा ३१ वर्षिय कुमार परियार तथा अर्का मृतक कुलबहादुर परियारका १९ वर्षिय पवन परियार घाइते भएका छन्। कुमारको हात भाँचिएको र पवनको ढाडमा चोट लागेको उनले बताए । दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जनाइएको छ । त्यस्तै पोखरा–३२ चैनपुरमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ। अविरल वर्षापछि गएराती आएको पहिरोले आरती ओझाको घर पुरिँदा उनकी १८ वर्षीया छोरी अनिता ओझा, अर्की ११ वर्षीया छोरी अनुष्का ओझा र आरतिकी दाईकी छोरा ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको हो । पहिरोले पुरिएर घरमूली आरती ओझा पनि घाइते भएकी कास्की प्रहरीले जनाएको छ । उनको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा घर पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको पनि मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। उक्त पहिरोमा पुरिएका ओमबहादुर गुरुङलाई भने सकुसल उद्धार गरिएको डिएसपी शर्माले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







