मणिपालले थप्यो ७२ शै्याको सिसियू
सन्देश श्रेष्ठ
पोखरा, असार २८
पोखराको मणिपाल शिक्षण अस्पतालले ७२ शै्याको क्रिटिकल केयर युनिट (सिसियू) थपेको छ । यसअघि ९४ शै्याको सिसियू रहेको पोखराको फूलबारीमा रहेको मणिपालमा अब १६६ शै्याको सिसियू कक्ष पुगेको जनाइएको छ । थपिएको सिसियू कक्षको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।
मणिपालले नेपालमै पहिलो अत्याधुनिक तथा बहुआयमिक लेबल ३ को सिसियू आफूले बनाएको दाबी गरेको छ । नवनिर्मित सिसियू कक्ष विरामीहरुको सुरक्षार्थ केन्द्रीकृत नियन्त्रण प्रणालीमा आधारित रहेको जनाइएको छ । सिसियू कक्षमा रहेको १६६ शै्यामध्ये २ वटा शै्या आइसोलेसन र ३ वटा सिसियूसहितको क्याविन रहेको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले जानकारी दिए ।
सिसियू कक्षमा मोनिटर, भेन्टीलेटर, इसिजी मेसिन, युएसजी तथा इको प्रणालीहरु जडित रहेको अस्पतालले जनाएको छ । जस्ले गर्दा विरामीहरुलाई धेरै सहज हुने अस्पतालका प्रबन्ध निर्देशक डा.अभिषेक मास्केले बताए । उनका अनुसार यो कक्षमा २४ सै घण्टा क्रिटिकल केयर सम्बन्धि चिकित्सक सेवा उपलब्ध हुनेछ भने विस्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नर्स र विरामीको अनुपात मिलाई नर्सिङ सेवा दिईने उनले बताए । क्रिटिकल केयर प्रशिक्षित नर्सहरु भएको अत्याधुनिक सघन उपचार कक्षमा संक्रमण नियन्त्रक नर्स, डाईटिसियन र फिजियोथेरापिस्टको पनि उपस्थिति रहने उनले जानकारी दिए ।
सिसियू कक्ष थपेको मणिपालले अब स्वास्थ्य सेवाका लागि पोखरा बाहिर जानुपर्ने स्थितिको अन्त्य हुने दाबी गरेको छ । आजको युग प्रविधि मैत्री युग हो,नया सिसियू कक्ष सञ्चालनमा आएसँगै अस्पतालले भनेको छ,‘हरेक क्षेत्रमा प्रविधिले ठुलो भुमिका निर्वाह गर्दै आएको सन्दर्भमा उपचार पद्धती पनि अछुतो छैन । यसैलाई हृदयङ्गम गर्दै यस अस्पतालले पनि आफ्नो उपचार क्षेत्रमा नविनतम प्रविधिहरुलाई अंगिकार गर्दै आएको छ । अहिले हामीले यसैलाई निरन्तरता दिएका हौं र भविष्यमापनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गर्दछौ ।’
उद्घाटन कार्यक्रममा बोल्दै बरिष्ठ छाती रोग बिशेषज्ञ डा. सि.पी. आचार्यले अब पोखराबाट उपचारका लागि बाहिर जानुपर्ने स्थिति अन्त्य हुने बताए । उनले भने,‘अब पोखराबाट बाहिर जाने होईन, बाहिरका पोखरा भित्राउन सक्ने भएका छौं ।’
मणिपाल अस्पतालका अध्यक्ष आनन्दराज बतासले अस्पताललाई सुविधा सम्पन्न बनाई पोखरामै सबै उपचार सम्भव बनाउन आफूहरु लागिरहेको बताए । उनले भने,‘मणिपाल अस्पताल केवल अस्पताल मात्र नभई एउटा शिक्षण अस्पताल भएकोले उपचार शुल्क सुपथ र सरल हुनुपर्छ भन्ने तथ्य प्रति सचेत रहेका छौं । सेवामा गुणस्तरियता र शुल्कमा सुपथ हुनुपर्छ भन्ने मान्यतामा हामी छौं ।’ उनले दुर्गममा बसेकालाई पनि टेलिमेडिसिन प्रविधिमार्फत मणिपालका चिकित्सकहरुद्वारा उपचार सेवा दिइने बताए । उनले मोबाइल भ्यान चाँडै संचालनमा ल्याई टोलटोलमा गई होल बडी चेकअफ गरिनेपनि उल्लेख गरे ।
गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले अब अन्यत्रबाट पोखरा रेफर भई उपचारकालागि आउने अपेक्षा गरेका छन् । उनले धेरै ठांउमा रिसाउॅंछन कि भन्ने बाध्यताले जानु परे पनि आज यस अस्पतालको महत्वपूर्ण युनिट उद्घाटन गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे । पाण्डेले डाइलाइसिस सेवा बिस्तार गरि प्रदेश सरकारको डाइलाइसिस सेवा प्राप्त नगर्नेको बिरामी संख्या शुन्यमा झार्ने अभियानलाई सघाउन अनुरोध गरे । उनले सहि सुझाबकालागि समय लिएर आउन बिज्ञहरुलाई आग्रह गर्दै कोहि कसैले अवरोध गरे “हायर एण्ड फायर” गर्ने प्रतिबद्दता ब्यक्त गरे ।
गण्डकी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री बिन्दुकुमार थापाले शुभकामना ब्यक्त ब्यक्त दिदै सुबिधा सम्पन्न आइ सि यु युनिट संचालनमा ल्याएकोमा बधाई ज्ञापन गरे । उनले हस्पिटललाई थप सेवा बिस्तारकालागि आग्रह गर्दै गर्दै आवश्यक सहयोगको प्रतिबद्दता व्यक्त गरे ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







