असार २९ पोखरा । सुनडाँडा टोल विकास संस्था पोखरा– १३ ले आर्वामा बृहत् वृक्षारोपण कार्यक्रम गरेको छ ।
शनिबार ‘पर्यावरण जोगाऔं, मानव सभ्यता बचाऔं’ भन्ने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रममा विभिन्न २० प्रजातिका ५ सय बढी विरुवाहरु रोपिएको हो ।
सुनडाँडा टोलको प्रवेशद्वार बाट शुरू गरिएको वृक्षरोपण मुल सडक दायाँ बाँया , शाखा सडक लगायत झण्डै एक किलोमिटर क्षेत्रमा गरिएको कार्यक्रम संयोजक एवं संस्थाका सचिव रामेश्वर बरालले जानकारी दिए । सो क्रममा गुलमोहर, चाँप, अमला, मशला, निम, लप्सी, कपुर, सितलचिनी, रिठो, कल्की पैयुँ, लाकुरी, लगायतका बिरुवा रोपिएको थियो ।
यसअघि सो कार्यक्रमको वडाध्यक्ष किरण बरालले उद्घाटन गरे । कार्यक्रममा वडा सदस्यहरू बलबहादुर बराल, सुचित तामाङ्ग, रजनी परियारसहित करिव १० वटा टोल विकाश संस्था, आमा समूह, युवा क्लव लगायतका संघ संस्थाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष शम्भुबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामेश्वर बरालले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







