ईजराईल रिटर्न पोखराको अध्यक्षमा सुनिल, उपाध्यक्षमा सुनिता


     एभरेस्ट आवाज    
     असार ३० गते २०८१ मा प्रकाशित




पोखरा, असार ३०

रोजगारीको शिलशिलामा ईजराईल गएर फर्किएका पोखरेलीहरुको साझा संस्था ईजराईल रिटर्न पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ चयन भएका छन् । केहि समय अघिमात्र गठन भएको समाजको प्रथम अधिवेशनले तदर्थ समितिका संयोजक श्रेष्ठलाई नै अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा तदर्थ समितिकै उपाध्यक्ष सुनिता पन्त पौडेल चयन भएकी छन् । पौडेल होटल व्यवसायी महासंघकी केन्द्रीय सदस्य हुन् ।

त्यस्तै, समाजको सचिवमा अर्जुनप्रसाद पौडेल, सहसचिवमा दीपा शर्मा चापागाईं, कोषाध्यक्षमा सूर्यनाथ ढुंगाना र सहकोषाध्यक्षमा मेनुका क्षेत्री चयन भएका छन् । यसैगरी सदस्यहरुमा कोपिला भुषाल, लक्ष्मी भुजेल अधिकारी, गंगा भट्टराई, कुमार पौडेल, निर्मल श्रेष्ठ, राम गिरी, निर्मल बराल, सुवास नेपाल र कृष्ण पण्डित चयन भएको उपाध्यक्ष सुनिता पन्त पौडेलले जानकारी दिईन् ।

समाजले अनुभव आदानप्रदान तथा समाज सेवा गर्ने उद्देश्य राखेको उपाध्यक्ष पौडेलले बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।