पोखराको दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८१ मा प्रकाशित




पोखरा । पोखराको नयाँबजारस्थित दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात भएको छ । कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल सरकार बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बस्यौला लगायतको उपस्थितिमा शुरु गरिएको हो ।

कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा सुविधा लागू भएका अस्पतालहरुमा बीमा बोर्डले प्रदान गर्ने रकम भुक्तानीमा ढिलाई हुने गरेको गुनासो पटक पटक आउने गरेकाले भुक्तानीमा ढिलासुस्ती नगर्न बीमा बोर्डसँग आग्रह गरे । साथै उनले कतिपय अस्पतालहरुमा विमा गरेका विरामीलाई भन्दा विमा नगरेका विरामीलाई प्राथमिकतामा राखेर सेवा दिने गरेको गुनासो आउने गरेकोले दृष्टि आँखा अस्पताललाई त्यस्तो गुनासोबाट टाढा राख्नुपर्ने बताए ।

यस्तै गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले दृष्टि आँखा अस्पतालले नागरिकको सेवामा कुनै कसर बाँकी नराख्न र स्वास्थ्य बीमाको कार्यान्वयन गर्न आग्रह गरे । उनले पोखरामा आखाँ अस्पताल कम भएकाले विमाबाट उपचार गर्न पालो नपाउने र घण्टौँ लाईन बस्नुपर्ने समस्या दृष्टि आखाँ अस्पतालमा विमा सुविधा सुरु भएपछि केही हदसम्म निराकरण हुने बताए ।

नेपालमा स्वास्थ्य विमा बोर्डले स्वास्थ्य विमा सेवा वि।सं। २०७२ सालदेखि सुरु भएको हो । स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बस्यौलाले हाल ७७ जिल्लाका ७ सय ५३ वटै पालिकामा स्वास्थ्य बिमा कार्यक्रम पुगिसेको जानकारी दिए । उनले दृष्टि आखाँ अस्पतालले गत महिना नै स्वास्थ्य विमा बोर्डसँग विमा सुविधा दिनेबारे सम्झौता गरिसहेको जानकारी दिदै स्वास्थ्य विमामा आवद्ध नागरिकहरुलाई गुणस्तरिय सेवा दिनुपर्ने बताए ।

स्वास्थ्य विमा शुभारम्भ कार्यक्रममा अस्पतालका अध्यक्ष शिव पोखरेलले दृष्टि आँखा अस्पतालले मानवसेवामा एउटा ईट्टा थपेको बताए । साथै उनले दृष्टि आँखा अस्पताल पुर्ण रुपमा निजी लगानीमा सञ्चालित भएपनि यसको उद्देश्य पुर्णरुपमा नाफा कमाउनु नभई सस्तो र सर्वसुलभ मुल्यमा उत्कृष्ट सेवा प्रवाह गर्नु रहेको बताए ।

नेपाल सरकारको स्वास्थ्य बीमा शुभारम्भ कार्यक्रमको अवसर पारेर पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा अन्तर्गत शहरी स्वास्थ्य केन्द्र ९ को आयोजना तथा दृष्टि आँखा अस्पतालको समन्वयमा निः शुल्क आँखा जाँच शिविर कार्यक्रम समेत गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।