फाइल तस्विर
साउन ४ काठमाण्डौं । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेस प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सङ्घीय सरकारका प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिएको हो ।
जनमतको नेतृत्वमा कांग्रेस, एमाले, लोकतान्त्रिक समाजवादी (लोसपा)सहित मधेस प्रदेश सरकारले बिहीबार पूर्णता पाइसकेको छ । “हाम्रो पार्टीको सुरुदेखिनै प्राथमिकतामा मधेस प्रदेश सरकार थियो । प्रदेशमा जनमतको नेतृत्वलाई कांग्रेस र एमालेले समर्थन गरेकाले सङघीय सरकारलाई समर्थन गरेर जाने पार्टीको स्पष्ट नीति छ”, प्रवक्ता यादवले भने ।
प्रतिनिधिसभामा जनमत पार्टीका छ सांसद छन् ।
प्रधानमन्त्री ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते (आइतबार) प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







