प्रस्याङस्थित चिल्ड्रेन पार्कमा कांग्रेसको वृक्षरोपण


     एभरेस्ट आवाज    
     श्रावण ५ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित चिल्ड्रेन पार्क (शिवालय पार्क) मा वृक्षरोपण गरिएको । नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा ५ ले महामहानव वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसर पारेर वृक्षरोपण गरेको हो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य जीवन बास्तोलाले पार्टीका युवा नेता एवं कार्यक्रमका सहजकर्ता रमेश श्रेष्ठलाई विरुवा हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।

सो अवसरमा विभिन्न प्रजातिका फल र फूलका १०० वटा विरुवा रोपिएको पार्टी सभापति प्रकाश कोइरालाले जानकारी दिए ।
सो अवसरमा कृषिविज्ञ वीरेन्द्रबहादुर हमालले विरुवा रोप्ने तरिकाबारे जानकारी गराएका थिए ।

पार्क व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद पराजुली र कांग्रेस शिवालय टोल सभापति शुभद्रा कोइरालाले वृक्षरोपण कार्यक्रमको समन्वय गरेका थिए ।

कांग्रेसले पहिलो पटक रचनात्मक र स्वागतयोग्य कार्यक्रम गरेको भन्दै सहभागीले खुशी व्यक्त गरेका थिए । उनीहरुले रोपेका विरुवा संरक्षणमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सीताराम दाहाल र प्रगत कायस्थ र डिभिजन वन कार्यालयले विरुवा र मल सहयोग गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।