पोखरा । पोखरा महानगरपालिका वडा न. २५ को सेवा नयाँ प्रशासनिक भवनबाट सुरु भएको छ । पहिला सेवा दिदै आएको कार्यालयबाट सेवा दिन कठिनाइ भएको हुदा नयाँ कार्यालयबाट सेवा दिन लागिएको हो ।
पहिला सेवा दिदै आएको कार्यालयमा भवन फराकिलो नहुनु, पार्किङको ब्यवस्थापन नहुनु आदि समस्य रहेको थियो ।
आइतबारदेखि सेवा सुरु गरिएको कार्यालयमा फराकिलो तथा राम्रो पार्किङ रहेको वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले जनाए । वडा कार्यालय साबिक ग्राम प्रकाश आधारभूत बिद्यालयको भवनमा सारिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भुगोलको हिसाबले पोखरा ठुलो महानगरपालिका भएको बताउदै जनसंख्या पनि धेरै भएको उल्लेख गरे। सेवा ग्राहीको सेवाको लागि भवन आवस्यक रहेको बताउदै भवन मात्र नभइ सेवा पनि आवश्यक हुने बताए । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबी गुरुङले सेवा शुभारम्भ गरेको बधाई दिदै वडा कार्यालयबाट सेवाग्राहीको काम सहज तरिकाले गर्नुपर्ने बताए ।
उनले वडाबाट पाइने सेवा सुबिधा बारे जानकारी गराउदै वडा बासिन्दाले पनि सहयोग आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा वडा न। २ का अध्यक्ष दिवस मान प्रधानांग, साबिक हेमजा गाबिसका अध्यक्ष रामचन्द्र त्रिपाठी र गौरि शंकर मा।बिका अध्यक्ष भोजराज पौडेलले बोलेका थिए ।
कार्यक्रममा गौरि शंकर मा।बिका अध्यक्ष भोजराज पौडेल, गौरि शंकर मा।बिका प्र।अ अम्बर कुँवर, साबिक ग्रामप्रकास आ।बि का अध्यक्ष दलबहादुर कुँवर प्र।अ मनोहरी तिमिल्सिना लगाएत अन्य सदस्यलाई सम्मान गरियो ।
वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य धनकुमारी पोखरेल तिमिल्सिनाले र सञ्चालन सूचना अधिकारी इश्वरी बाँस्तोलाले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







