फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली
साउन ६ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस्तै ७४ जना सांसदले ओलीको विपक्षमा मत दिए भने १ जना सांसदले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नो मत जाहेर गरे । आजको बैठकमा २ सय ६३ जना सांसद उपस्थित थिए ।
२ सय ७५ सदस्यीय तल्लो सदन प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ सिट आवश्यक पर्छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







