साउन ६ पोखरा । नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री सम्बन्धि प्रक्रियाको अनुगमन गर्न गठित जिल्ला अनुगमन समिति कास्कीले निषेधित अबधिमा खोला तथा नदीमा गएर नदीजन्य पदार्थ उत्खनन् र ओसार पसार गर्ने सवारी साधनलाइ कारबाहीको लागि सिफारिस गरेको छ ।
समितिको शुक्रबार बसेको बैठकले ढुंगा गिटी,बालुवा उत्खनन्, बिक्री तथा ब्यबस्थापन सम्बन्धि संसोधन सहितको मापदण्ड २०७७ को दफा ३ (ख ) बमोजिम प्रचलित ब्यबस्था अनुसार अबैध र गैर कानुनि रुपले उत्खनन् र ओसार पसार गर्ने बिभिन्न ११ वटा टिपर र १ ट्याक्टर गरि १२ वटा सवारी साधनलाई कारबाही गर्न पोखरा महानगरपालिका नगर कार्यपालिकालाई लेखि पठाउने निर्णय भएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।
मापदण्ड अनुसार बर्षातको समय असार ,साउन र भदौ महिनामा नदि तथा खानीजन्य सामाग्रीको उत्खनन् र ओसार पसार गर्न नपाइने ब्यबस्था रहेको छ । उक्त ब्यबस्था बिपरित कास्कीमा सो कार्यमा संलग्न ११ वटा टिप्पर तथा एउटा ट्याक्टर रहेका छन् । उक्त सबारी साधनहरू जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले मिति २०८१ असार १५ गते नदिजन्य पदार्थ लोड गर्ने क्रममा पोखरा महानगरपालिका वडा न १९ दसखेत घाटबाट पक्राउ गरेर थप अनुसान्धान सहित कारबाहीको लागि जिल्ला अनुगमन समितिमा पेश गरेको थियो ।
जिल्ला अनुगमन समितिको शुक्रबारको बैठकमा उत्खनन् र संकलनको लागि स्वीकृत ,बिधि ,प्रक्रिया र परिणाम सम्बन्धि ब्यबस्थाको पूर्ण पालना हुन नसकेको हुदा बिस्तृत अनुसन्धान सहित जिम्मेबार पक्षलाई कारबाही गर्न पोखरा महानगर नगर कार्यपालिकालाई भनिएको छ ।
असार मसान्त अगावै तोकिएको परिमाण बराबरको सामाग्री उत्खनन् गरी सो क्षेत्रबाट बाहिरिनुपर्ने सम्झौतामा उल्लेख गरिए पनि सो को पालना नगरी स्टक नै नभएको अबस्थामा स्टक छ भनि ब्लु ब्रिक्स कन्स्ट्रक्सन प्रा.लि.लाइ असार ९ गते कार्यादेश दिने कर्मचारीलाई समेत बिस्तृत छानबिन सहित प्रचलित एन कानुन बमोजिम कारबाहि गरेर सो को जानकारी पेश गर्न पोखरा महानगर कार्यपालिकालाइ भनिएको छ । साथै नियन्त्रणमा लिइएका सबारी साधनहरूलाइ प्रचलित कानुन र नगर सभाबाट स्वीकृत कानुन र नियम बमोजिम कारवाही गरेर सोको जानकारी पठाउन भनिएको जिल्ला संयोजक लिलाधर पौडेलले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







