टान गण्डकीले दियो एक दिने हिमाल पदयात्रा पर्यटन केन्द्रीत फोटोग्राफी तथा भिडियोग्राफी तालिम


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०८१ मा प्रकाशित




ट्रेकिङ एजेन्टस् एशोसिएसन अफ नेपाल(टान) गण्डकीले व्यवसायीलाई फोटोग्राफी तथा भिडियोग्राफी सम्बन्धि एक दिने तालिम प्रदान गरेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा टान गण्डकीले संस्थामा आबद्ध कम्पनी सञ्चालकहरुलाई हिमाल पदयात्रा पर्यटन केन्द्रीत फोटोग्राफी र भिडियोग्राफी तालिम दिइएको टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।

तालिममा हिमाल पदयात्रा पर्यटनका क्रममा फोटो र भिडियो कसरी खिच्ने भन्नेबारेमा तालिम केन्द्रीत रहेको उनले बताए । तालिमले हिमाल पदयात्रामा जाँदा फोटो र भिडियो खिच्न सघाउ पुग्ने टान गण्डकीको विश्वास छ ।

टान गण्डकीमा आबद्ध ७२ वटा कम्पनीका सञ्चालकहरु सहभागि भएको तालिममा राम गुरुङ र प्रेम थापाले सहजीकरण गरेका थिए ।

तालिम समापन कार्यक्रम टान गन्डकीका अध्यक्ष धर्मराज पन्थीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव तिर्थराज सुवेदीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।