एयर डाइनेस्टीको हेलिकप्टर शिवपुरीमा दुर्घटना


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०८१ मा प्रकाशित




साउन २३ काठमाण्डौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले हेलिकप्टर दुर्घटनामा परेको र थप जानकारी आइनसकेको जानकारी दिए ।

नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । “स्थानीय र नजिकको प्रहरी चौकीबाट गएका सुरक्षाकर्मीले उद्धार तथा आगो निभाउने प्रयास गरिरहेका छन्”, उनले भने । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।