पोखरा । ३० औ विश्व आदिवासी दिवसका अवसरमा पोखरामा विभिन्न समुदायका आदिवासी समुदायले बृहत ¥याली निकालेका छन् ।


पोखराको मानव अधिकारचोकबाट सुरु भएको याली चिप्लेढुंगा,महेन्द्रपुल,लखनचोक हुदै सभागृह हलमा पुगेर औपचारिक कार्यक्रम गरिएको छ ।


¥यालीमा ‘संविधान प्रदत्त अधिकार आदिवासीको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ लगाएतका नारा धन्काईएको थियो ।

संविधानत भाषिक अधिकार सुनिश्चित गर्न गराउन दिवस मनाउँदै गर्दा गण्डकी सरकारले नीति, कार्यक्रम र योजनामार्फत प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रूपमा अघि बढाउने योजना ल्याएको छ ।

यसमा सम्बन्धित मन्त्रालयले सरोकारवाला स्थानीय समुदायसँग समन्वय गरी मस्यौदा तयार गरी संसद्बाट विधेयक, कानुनका साथै कार्यविधि निर्माण जरुरी छ ।

त्यसरी नै कामकाजी भाषाका लागि बजेट विनियोजन खासै देखिएको छैन । तत्काल बजेटको प्रबन्ध गर्न उनीहरुको सरकारलाई आग्रह छ ।




विगतदेखि लामो विभेदमा पारिदै आएका आदिवासीको अधिकारसम्बन्धी मामिलामा संयुक्त राष्ट्र संघद्धारा गठित कार्यदलले कार्यक्रम प्रारम्भ गरेको दिनलाई विश्वका आदिवासीले दिवसको रूपमा भव्यताका साथ विविध कार्यक्रम गरी मनाउँदै आएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







