पोखरा । हाइकर्स क्लब नेपालको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. २३ को सहकार्यमा पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा परिचर्चा कार्यक्रम तथा हाइकिङ भाग ५० शनिबार पोखरा २३ बाम्दी देखि तारेभिर हुँदै घाँटीछिनासम्म पदयात्रा गरी सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै पर्यटन र स्वास्थ्यको लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रमले आन्तरिक पर्यटनमा ठुलो योगदान गरेको वताउँदै पोखरा २३ वडामा हाइकिङ समुह आउँदा यहाँका वासिन्दामा हौसला वढ्ने, उत्पादित कृषि तथा पशुको खपत बढ्ने वताएका थिए ।
उनले पोखरा २३ वडा सबैभन्दा ठुलो भौगोलिक क्षेत्र भएको, स्याङजा र पर्वत जिल्लाको सिमानासंग सिमाना गाँसिएको र पंचासे संरक्षित क्षेत्रमा पर्ने भएकोले पयर्टकको रोजाइमा पर्दै गएको पनि वताए ।
सो अवसरमा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एव् भिटोफ गण्डकीका संस्थापक अध्यक्ष पर्यटन व्यवसायी तारानाथ पहारीले फाट्टफुट्ट आकलझुकल हाइकिङ हुने गरको भएता निरन्तरको हाइकिङले अभियानको रुप लिएको वताए ।
सो अवसरमा ओम भण्डारी, सितला थापा, ममता पराजुली, दिलकुमारी खाँण लगाएतले हाइकिङमा सहभागि हुँदा एकआपसमा परिचीत हुनुका साथै ग्रामिण वस्ती, खेतीपाती, जडिबुटीको अध्ययन गर्न सकिने वताए ।
हाइकर्स क्लबका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ज्योति हमालले र संचालन सचिव मधु अधिकारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







