यपोखरा । “स्वास्थ्यकालागि, पोखराकालागि” भन्ने मूल नाराका साथ गत फागुन ५ गते नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आय व्यय सार्बजनिक गरिएको छ । बुधबार पत्रकार भेटघाट गरि कुल ७५ लाख २४ हजार सात सय १७ रुपैया आम्दानी गरि रु ७१ लाख ५२ हजार एक सय ३९ खर्च भई रु ३ लाख ७२ हजार पांच सय ७८ बचत गर्न सफल भएको मन्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरेली मञ्च यूके, एन आर एन ए आईसिसि, मुख्य प्रायोजक, अन्य सह प्रायोजक, विभिन्न संघ संस्था एंव पत्रकारबाट विषेश सहयोग पुगेकोमा मन्चले धन्यवाद ज्ञापन गरेको छ । बिभिन्न स्पनसरसिपबाट प्राप्त रु ७१ लाख ९४ हजार छ सय ३६ र खेलाडी दर्ता बाट रु ३ लाख ३० हजार ८१ गरी जम्मा रु ७५ लाख २४ हजार सात सय १७ आम्दानि गरि रु ७१ लाख ५२ हजार एक सय ३९ खर्च भई रु ३ लाख ७२ हजार पांच सय ७८ बचत गर्न सफल भएको मन्चले जनाएको छ ।
मन्चले अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च यूके को नेतृत्वमा प्रविधि मैत्री गर्नका चिप्स सहित सेन्सर मेसिन २ थान रु २० लाख १६ हजार छ सय ४७ रुपैयामा खरिद गरि प्राप्त भएको हुदा सो कार्यमा संलग्न हुने संस्था तमु धिं यूके, बगर भाई खलक यूके, सहारा यूके एवं सबै सहयोगी दाताहरुमा मन्चले बिषेश धन्यवाद ज्ञापन गरेको छ ।
मन्चले पोखरा अन्तर्राष्ट्रिय म्याराथन एक दिवसिय प्रतियोगिता भए पनि यसको तयारी लामो समय लाग्ने हुदाँ आगामि २०८१ सालको म्याराथन फाल्गुन ३ गते शनिवारका दिन गर्ने घोषणा गरेको छ । आगामी १९ औं श्रृखलामा २१ किमी पुरुष ईभेन्ट थप गरिएको र अन्य ईभेन्टहरुमा केही नगद पुरस्कार थप गरी कुल नगद पुरस्कार रु २१ लाख ३४ हजार प्रस्ताव गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए ।
नेपाल भूतपूर्व खेलाडी मंञ्च आफ्नो युवा अवस्थामा खेलाडीको रुपमा यस क्षेत्र लगायत राष्ट्रकै प्रतिनिधित्व गरिसकेका कर्मयोगी अग्रज खेलाडीहरू तथा राष्ट्रको खेलकूद विकासमा विशिष्ट योगदान पुऱ्याएका खेनप्रेमीहरुको साझा संस्था हो । यसको गठन बि.स. २०५८ सालमा भएको हो। खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गराई समय समाजमा खेल संस्कृतिको विकास गराई मुलुकको खेलकूद विकासमा सहयोग पुयाउने प्रमुख उद्देश्य बोकेको यस संस्थामा विविध खेलहरुसँग आवद्ध व्यक्तित्वहरूको संलग्नता रहेको संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







