कञ्चन क्यापिटलको आयोजनामा आजदेखि पोखरामा डायमण्ड मेला हुने


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०८१ मा प्रकाशित




पोखरा । कञ्चन क्यापिटल आयोजनामा पोखरामा आज बुधबारदेखि डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । यही १२–१९ भदौसम्म मोहरिया टोलस्थित क्रिस कञ्चन ज्वेलरीमा उक्त मेला हुने कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताए।

पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा हुने मेला अवसरमा क्रिस कञ्चन ज्वेलरीमा डायमण्डको सोरुम उद्घाटन गरिने निर्देशक सोबितमान बुद्दाचार्यले जानकारी दिए ।
मेलामा डायमण्ड खरिदमा विशेष छुट दिइनेछ । मेलामा हिराबाट बनेका फूल, औंठी, हार, टप, झुम्कालगायत गहना राखिने छ । ‘हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका छौं,’ उनले भने, ‘यो मेलाबाट डायमण्डको विशेषताबारे जानकारी गराउँदै डायमण्ड खरिदमा विशेष छुटको व्यवस्था गरेका छौं । यो पटक हामीले पोखरामै सोरुमको पनि शुभारम्भ गर्दैछौं ।’
यस अवसरमा कञ्चन क्यापिटलअन्तर्गत सबै शाखामा सुनचाँदीका गरगहनामा पनि विशेष छुट दिइने जनाइएको छ । हिराका गहना काठमाडौंमा बढी प्रचलनमा रहेकाले पोखरामा पनि उपलब्ध गराउन कञ्चन क्यापिटल लागिपरेको गुभाजूले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।