७ : ३४ मा भूकम्पको धक्का


     एभरेस्ट आवाज    
     भाद्र १३ गते २०८१ मा प्रकाशित




भदौ १३ बाजुरा । बाजुरामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

छिमेकी जिल्ला बझाङ्गको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ ।

बझाङ्ग केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरासहितका जिल्लामा धक्का महसुस भएको छ । भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आएको छैन । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।