भदौ १५ पोखरा । पोखरा महानगर पालिका वडा नं.१ ले आयोजना गरेको अन्तर आमा समुह तीज गीत प्रतियोगितामा नमुना आमा समूह प्रथम भएको छ ।
हरितालिका तीज पर्वको अवसरमा संस्कृत मा. वि.को सहकार्यमा वडा भित्रका ११ वटा समुहले सहभागिता जनाएको प्रतियोगितामा नमुना आमा समुह प्रथम भएको हो । । प्रतियोगितामा अभियान महिला समूह द्वितीय, अधिकारी टोल दिदी बहिनी समुह तृतीय र रत्न आमा समुहले सान्त्वना स्थान हासिल गरेका थिए । सिद्धार्थ आमा समुह नृत्य र महिला मैत्री आमा समुह भेषभुषातर्फ उत्कृष्ट भएको वडाका सुचना अधिकारी श्रीराम पौडेलले जानकारी दिए । विजयी टोलीलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, वडाध्यक्ष साहारा प्रधानले पुरस्कार वितरण गरे ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ’विखर्ची’ले कला, साहित्यको संरक्षणले मात्र मानव सभ्यताको विकास हुने बताए ।
वडाध्यक्ष साहारा प्रधानले तीज पर्व नेपाली महिलाको मौलिक सांस्कृतिक पर्व भएकाले, यसको मौलिकतालाई सबै पक्षले संरक्षण गर्नुपर्नेमा जोड दिए ।
वडाध्यक्ष प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक विष्णुप्रसाद अधिकारी, लागु औषध नियन्त्रण समाज सुधार आमा समुहका अध्यक्ष कल्पना बास्तोला, वडा सचिव पोष्ट नारायण ढकाल लगायतकाले तिज पर्वको मौलिकताको विषयमा चर्चा गरेका थिए ।
वडा सदस्य शोभा गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा कार्यालयका अधिकृत एवं सूचना अधिकारी श्रीराम पौडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा…







