थमन परियार स्मृति प्रतिष्ठानको साधारणसभा सम्पन्न


     एभरेस्ट आवाज    
     भाद्र १५ गते २०८१ मा प्रकाशित




भदौ १५ पोखरा । सामाजिक न्याय,आर्थिक शुसाशन र समावेशी राज्य निर्माण गर्दै अगाडि वढ्न सके मात्र शहिदको सपना साकार हुनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

थमन स्मृति प्रतिष्ठानको शनिबार सम्पन्न पाँचौं वार्षिक साधारणसभाका सहभागीहरूले जातीय विभेद र भ्रष्टाचार नै समाज रुपान्तरणको मुख्य बाधक रहेको बताएका हुन् ।

शशस्त्र द्वन्द्वका क्रममा सहिद भएका थमन परियारको स्मृतिमा गठन भएको प्रतिष्ठानले जातीय छुवाछूत विरुद्ध शसक्त आवाज उठाउने र साहित्यका क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता रामराज रेग्मीले शहिदले देखाएको वाटोमा सवैले आत्मसात गर्दै अगाडि वढ्नुपर्ने वताए । उनले प्रतिष्ठानलाई गतिशील वनाउन स्थानीय पहलमा कोषको वृद्धि गर्दै लैजानु पर्नेमा जोड दिए ।

माओवादी केन्द्र अनुशासन आयोगका सदस्य कोमलनाथ वरालले सहिद थमन परियारले राजनीतिक परिवर्तनमा पुर्याएको योगदानको चर्चा गरे ।

संस्थाका अध्यक्ष गोपालमणी लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता निर्मला सुवेदीले साधारण सभा सफलताको शुभकामना व्यक्त गरिन् ।

साधरणसभाले लेखापरीक्षकको प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको कार्यक्रम सञ्चालक अर्जुन मल्लले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।