भदौ १६ पोखरा । नेपाल कुमाल समाज रिठेपानी ईकाई पोखरा २७ को अध्यक्षमा नगेन्द्र कुमाल चयन भएका छन् ।
समाजको चौधौं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले नगेन्द्रको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्वत चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा शान्तिदेवि कुमाल, उपाध्यक्षमा कोपिला कुमारी कुमाल, सचिवमा राम बहादुर कुमाल, सह सचिवमा गंगा देवि कुमाल र कोषाध्यक्षमा प्रकाश कुमाल रहेका छन् ।
यसैगरि समितिको सदस्यहरुमा पुणिमा कुमाल, माया कुमाल, राधिका कुमाल, शुकमाया कुमाल, जित बहादुर कुमाल, शुसिल कुमाल, पुर्ण बहादुर कुमाल(गोपाी), ईन्द्र वहादुर कुमाल रहेका छन् भने समितीको निवर्तमान अध्यक्षमा चेत बहादुर कुमाल र सल्लाहकारमा गेश बहादुर कुमाल, चिजमाया कुमाल, बशन्ती कुमाल र टोप बहादुर कुमाल चयन भएका छन् ।
यसअघि, नेपाल कुमाल समाज रिठेपानीका अध्यक्ष चेत बहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कुमाल समाजकी केन्द्रिय उपाध्यक्ष स्रुर्ती कुमाल, केन्द्रिय उपाध्यक्ष मानेन्द्र कुमाल, संस्थापक जिल्ला अध्यक्ष प्रेम बहादुर कुमाल ,केन्द्रिय सदस्य चिजमाया कुमाल, पोखरा महनागरपालिका वडा नं २७ बुद्धिमाया थापा मगर र भण्डारढीक कुमाल समाजका अध्यक्ष सुर्य बहादुर कुमाल लगाएतले कुमाल समुदायको संस्कृतीलाई जोगाई राख्नु हामी सवैको काम र कर्तब्य भएको भनाई राखेका थिए ।
समाज सचिव टोप बहादुर कुमालले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष नगेन्द्र बहादुर कुमालले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







