कुमुदिनीमा खुल्ला नृत्य प्रतियोगिता : आकृति र कस्मिन प्रथम


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०८१ मा प्रकाशित




भदौ २० पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनस्थित कुमुदिनी होम्सले विद्यालयका विद्यार्थीहरुबीच तहगत रुपमा अतिरिक्त क्रियाकलाप अन्र्तगत नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयले १ देखि ६ कक्षासम्म विद्यार्थीबीच नृत्य प्रतियोगिता बुधबार र बिहिबार ७ देखि १२ कक्षासम्मका बिद्यार्थीबीचको नृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा निमावितर्फ कक्षा ७ ख की आकृति कुँवर प्रथम भएकी छन् । कक्षा ७ ग की सरगम क्षेत्री दोश्रो र कक्षा ७ सी की आकृति गुरुङ तेश्रो भएकी छन् ।

सिनियरतर्फ कक्षा ९ देखि १२ सम्मको प्रतिष्पर्धामा कक्षा ९ ख का कस्मिन मगर प्रथम भएका छन् । कक्षा ९ ख की निशा छन्त्याल दोश्रो र कक्षा १२ बि की रुबिना राम्जाली मगर तेश्रो हुन सफल भएकी छन् ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीको पढाईको साथमा अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने बताए । विद्यार्थीमा यसले चौतर्फि विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । तर उनले विद्यार्थीको पहिलो प्राथमिकता अध्ययनमै हुनुपर्नेमा जोड दिए ।

सहप्राचार्य मन बहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रमका संचालक शुरेन्द्र सदिक्षा तथा सहयोगी आधारभूत तर्फकी जोयना गुरुङ र रोजिना गुरुङ कक्षा ८ बाट, विलास्मा गुरुङ र श्रेयासी बाटाजु रहेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।