पोखरा । नेपाली कांग्रेस कास्की, क्रियाशील सदस्यता वितरणको तयारीमा जुटेको छ ।
पार्टीको यही भदौ २४ गते बीपी जयन्तीका अवसरमा प्रशिक्षणसहित क्रियाशील सदस्यता वितरण गर्ने देशव्यापी कार्यक्रम अन्र्तगत कास्कीमा पनि यसको तयारीलाई तिव्र पारिएको हो ।
पार्टीले कास्कीका ७२ वटै वडामा प्रशिक्षण सहित क्रियाशील सदस्यताको प्रमाणपत्र वितरण गर्ने गरी प्रमाणपत्र र खटाइएका प्रतिनीधिले आफ्नो तयारी शुरु गरिसकेको नेपाली कांग्रेस कास्की श्रोतले जनाएको छ ।
जसका अन्र्तगत कार्यक्रमको तयारीस्वरुप पोखरा–२९ मा छलफल प्रारम्भीक चरणको छलफल गरिएको छ । सो वडामा प्रतिनिधीको जिम्मेवारी पाएका कास्की क्षेत्र नं १ का सचिव एवं प्रतिनीधि संयोजक सरोज केसी, शिवराज अधिकारी, रेशम गुरुङ, सुभास भण्डारी, सनबहादुर गुरुङ (कालु) र राजीव भण्डारीले आफ्नो तयारी शुरु गरेका छन् ।
उनीहरुले प्रारम्भिक चरणको तयारी स्वरुप छलफल गरेका हुन् । छलफलमा पार्टीका वडा सभापति दीपकमणी भण्डारी, कास्की कांग्रेसका उपसभापति रामबाबु भण्डारी, पार्टी सचिव पदम गुरुङ, कास्की क्षेत्र नं १ का सचिव सरोज केसी, नेताहरु विजयराज भण्डारी, शिवराज अधिकारी, मोती गिरी, सुदेब गुरुङ, रसिसहरी भण्डारी, किरण भण्डारी, पदमप्रसाद अधिकारी, राजेन्द्रप्रसाद अधिकारी, छलीमाया गुरुङ, बिन्दु भण्डारी, सशांकमणि भण्डारी, ईश्वरबहादुर हमाल, श्रीधर आचार्य, विशाल श्रेष्ठ, जमुना पौडेल, राजीब भण्डारी, सनबहादुर गुरुङ लगायतले आफ्ना सुझाव राखेका थिए ।
संयोजक केसीका अनुसार २४ गते प्रशिक्षण, सम्मान, क्रियाशील सदस्यता प्रमाणपत्र हस्तान्तरण, भातृसंस्थालाई पूर्णतालगायतका कार्यक्रम तय गरिएको छ । सो वडामा तीन सय ७१ जना कांग्रेसका क्रियाशील सदस्य छन् ।
नेपाली कांग्रेसको संगठन सुद्धिकरणका लागि वी.पी. जयन्तीको अवसरमा भदौ २४ गते विहान ११ बजे देश भर एकै दिन एकै समयमा सो कार्यक्रमको सञ्चालन गरिदै छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







