भदौ २२ पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २२ औं साधारणसभा भएको छ ।
शनिबार पोखरामा सम्पन्न साधरणसभाको संस्थाका सल्लाहकार हर्कबहादुर तमुले उद्घाटन गरे । संस्थाका पूर्व प्रथम उपाध्यक्ष समेत रहेका उनले संस्थाले ग्रामिण भेगका तमु समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रमलाई दिएको निरन्तरताको खुलेर प्रशंसा गरे । उनले यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा तमु धीं नेपालका संस्थापक अध्यक्ष एवं सल्लाहकार कर्म तमु, संस्थापक एवं सल्लाहकार तेजबहादुर गुरुङ, तमुधिं नेपालका अध्यक्ष हुम तमु, अक्षयकोषदाता संस्था तमु (गुरुङ) समाज कतारका प्रमुख संरक्षक बील तमु, प्रथम उपाध्यक्ष श्रीजङ तमु लगायतले संस्थाका गतिविधीका बारेमा बोलेका थिए ।
साधरणसभाले सचिव कञ्चन तमुको वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाले शैक्षिकसत्र २०८१ को छात्रवृत्ति आगामी असोज ३ र ५ गते वितरण गर्ने संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचिव कन्चन तमुले सञ्चालन गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







