कांग्रेस पोखरा २९ मा प्रशिक्षण तथा क्रियाशिल सदस्यता वितरण


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०८१ मा प्रकाशित




पोखरा । वि.पी. जयन्तीको अवसरमा नेपाली कांग्रेस पोखरा–२९ मा प्रशिक्षण तथा क्रियाशिल सदस्यता वितरण गरिएको छ ।

नेपाली कांग्रेसको देश व्यापी कार्यक्रम अन्र्तगत सोमबार पोखरा–२९ स्थित लेखनाथ उद्योग वाणिज्य संघको हलमा आयोजित प्रशिक्षण तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रमको पार्टीका केन्द्रिय सदस्य गुरु बरालले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै बरालले पछिल्लो समयमा जनतामा देखिएको निराशालाई चिर्न कांग्रेस र एमालेविच सत्ता गठबन्धन गरिएको बताए । उनले दुई ठूला दलको सहकार्यले जनताको निराशालाई चिरेर मुलुकमै सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै उनले वि.पी. जस्तो बहुआयामिक व्यक्तित्व नेपाली माटोले अब फेरि नपाउनेपनि बताए । उनले भने, ‘वि.पी. राष्ट्रवादी सिद्धान्तका हिमायती हुनुन्थ्यो, साहित्य र राजनीतिका संगम उहाँजस्तो बहुआयामिक व्यक्तित्व नेपाली माटोले सायद अब पाउँदैन,उहाँको जीवनी हामी सबैका लागि प्रेरणा हो ।’

कार्यक्रममा नेपाली कांग्रेस कास्की क्षेत्र नं १ का क्षेत्रिय सचिव एवं कार्यक्रम संयोजक सरोज केसीले वि.पी. कोईरालाको जीवनीका बारेमा प्रकाश पारे । उनले निरंकुश जहाँनिया राणा शासन फालेर राजा र प्रजा मिलाउनमा वि.पी.को महत्वपूर्ण भूमिका रहेको भन्दै उनलाई कांग्रेसले मात्र नभई राष्ट्रले नै सम्झन पर्नेमा जोड दिए ।

नेतृत्वले पार्टीभित्र त्याग र योगदानको कदर गर्न आवश्यक रहेको उनको भनाई थियो । उनले नेतृत्वले अग्रज र यूवा दुवै पुस्तालाई अवसर र माया गर्न सकेमात्रै संगठन बलियो बन्ने विचार व्यक्त गरे । साथै पार्टीमा गुट, उपगुटबाट अवसर दिने प्रचलनलाई हस्तक्षेप गर्न समेत क्रियाशिल सदस्यहरुलाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेस नेताहरु सोमलाल सुवेदी,बिन्दु कुमारी भण्डारी,सुरेन्द्र प्रसाद शर्मा,चिनु गुरुङ लगायतले वि.पी. को त्याग तथा योगदानको चर्चा गरेका थिए ।

नेपाली कांग्रेस पोखरा–२९ का सभापति दिपकमणि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचिब पदम गुरुङले सञ्चालन र निशान्त ढकालले सहजीकरण गरेका थिए ।

कार्यक्रम सम्पन्न गर्नको लागि कास्की कांग्रेसले सो वडामा कास्की क्षेत्र नं १ का सचिव सरोज केसीको संयोजकत्वमा शिवराज अधिकारी, रेशम गुरुङ, सुभास भण्डारी, सनबहादुर गुरुङ (कालु) र राजीव भण्डारीलाई वडा प्रतिनिधीको जिम्मेवारी दिएको थियो । सो वडामा तीन सय ७१ जना कांग्रेसका क्रियाशील सदस्य छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।