बागलुङमा सरकारी गाडी दुर्घटना, ३ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०८१ मा प्रकाशित




पोखरा । बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भीरमा दुर्घटना भएकोले उद्धारमा कठिनाइ परेको बागलुङ प्रहरीले जनाएको छ । उद्धार कार्य जारी छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घाइते एकजनाको उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको र अवस्था गम्भीर रहेको छ । मृतकको पहिचान पनि खुलेको छैन । थप विवरण आउन बाँकी ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।