भदौ २८ काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका लागि होटल पूर्वाधारको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । क्यापिटल नेपाल बिजनेस म्यागेजिनले आयोजना गरेको होटेलियर समिटको उद्घाट्न गर्दै उनले पर्यटकीय पूर्वाधारको विकास तथा विस्तार, स्थानीय उत्पादनलाई पर्यटकीय उपजको रूपमा प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए ।
मन्त्री भण्डारीले नीतिगत सुधार गरेर लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेकोे बताए । उनले भने, “सरकारको पहिलो प्राथमिकता नीतिगत सुधार गरेर समस्याको पहिचान, समन्वय र सहकार्य गरी अहिलेको चनौतीलाई सम्भावनामा बदल्नुपर्नेछ ।”
उद्योगमन्त्री भण्डारीले सबैभन्दा सम्भावना भएको क्षेत्र पर्यटनमा लगानी गर्न बैंक तथा वित्तीय क्षेत्रलाई लगानी गर्न आग्रह गरे । सरकार, निजी क्षेत्र र वित्तीय क्षेत्रबीच विश्वासिलो वातावरण आजको आवश्यकता भएको उनको भनाइ छ ।
मन्त्री भण्डारीले नेपालको पर्यटन क्षेत्रमा होटल व्यवसायको योगदान बढाउन अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली तथा अन्तर्राष्ट्रिय वायुयानको सङ्ख्या बढाउनुपर्ने बताए । “यसका लागि थप देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने, विमानस्थल स्तरोन्नति, पर्यटकीय पूर्वाधारको विस्तार हुन आवश्यक छ”,उनले भने,“पर्यटकको औसत बसाइँ अवधि बढाउन सक्नुपर्छ । यसका लागि एकातर्फ पर्यटकीय पूर्वाधारको विकास तथा विस्तार, स्थानीय उत्पादनलाई पर्यटकीय उपजको रुपमा प्रवर्द्धन गरी थप विकास गर्नुपर्नेछ ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यलाई पूरा गर्न नेपालमा प्रचुर सम्भावना भएको पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा पर्यटन व्यवसायीसँग सहकार्यका लागि सरकार सदैव तयार र प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको र व्यावसायिक वातावरण बनेको बताए । उनले विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा पर्यटनको महत्वपूर्ण भूमिका रहेकोे बताए । पर्यटनको महत्वपूर्ण हस्पिटालिटी क्षेत्रमा तारे होटल थपिँदै गएकाले पर्यटन पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गभर्नर अधिकारीले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







