भदौ २८ पोखरा । गण्डकी प्रदेशको प्रेस रजिस्टारमा विमला भण्डारी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई रजिस्टारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष समेत रहेकी भण्डारी ४ वर्षका लागि गण्डकीको प्रेस रजिस्टार बनेकी हुन् ।
प्रेस रजिस्टार छनोटका लागि सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. टकराज गुरुङको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको थियो । समितिमा विज्ञ सदस्यको रुपमा अग्रज पत्रकार रबीन्द्र बास्तोलासमेत थिए ।
छनौट समितिले लिएको उम्मेदवारहरुको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरणसँगै अन्तरवार्ताका आधारमा ३ जनाको नाम मन्त्रीपरिषद्मा प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई नियुक्त गरेको हो ।
उक्त पदका लागि भण्डारीसहित ५ जनाको दरखास्त परेको थियो । जसमा भरत कोइराला, भानु पराजुली, दुर्गा अधिकारी र सरिता तिम्सिना पंगेनी प्रतिस्पर्धी थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







