रत्नज्योतिमा स्वागत तथा सम्मान कार्यक्रम


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा–८ रत्नचोकस्थित रत्नज्योति माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ ।
शनिबार परेको बालदिवसको अवसर पारेर कक्षा १२ का विद्यार्थीहरुद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्राज्ञ सरूभक्त श्रेष्ठ, विद्यालयका शिक्षक तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले उनीहरुलाई स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्राज्ञ सरुभक्तले विद्यार्थीमा अन्तिरनिहित प्रतिभाको खोजी गर्न सक्ने विद्यालय, विश्व विद्यालय तथा अग्रजहरूको जरुरी रहेको बताए । उनले भने, ‘अहिलेको प्रबिधिको दुनियामा ज्ञानको खाजी गर्न विद्यालय तथा विश्वविद्यालय धाउन नपरेपनि विद्यार्थीमा अन्तिरनिहित प्रतिभाको खाजी, विद्यार्थीको रूची, चाख तथा उनीहरूलाई उपयुक्त हुने पेशा, व्यवसाय वा सीपको खोजी गर्न विद्यालय विश्व विद्यालय तथा अग्रजहरूको जरुरत छ ।’उनले विद्यार्थीहरु आफुभित्र रहेको अन्तरनिहित क्षमताको खोजी नगरी बाहिरी ज्ञानको लालसाले भौतारीदा ज्ञानको भारीले थिचिएर हुनसक्ने सम्भावित दुर्घटनाबाट बचाउनु पर्नेपनि बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महासाखाका शिक्षा अधिकृत रामप्रसाद तिवारीले विद्यालयले भौतिक तथा शैक्षिक क्षेत्रमा गरेको विकासको प्रशंसा गरे ।

विद्यालयका निर्देशक तथा नेसनल प्याप्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, वि.व्य.स. अध्यक्ष टुबराज बास्तोला, प्राचार्य विष्णुप्रसाद भट्टराई, +२ संयोजक भुवन सुवेदी, विद्यार्थीहरू चेतन कुमार पोखरेल, सृस्टी पौडेलले स्वागत कार्यक्रम तथा विद्यालयका समग्र गतिविधिहरूबारे बोलेका थिए ।

कार्यक्रममा +२ कार्यक्रम सञ्चालनमा विशेष योगदान पु¥याएका शिक्षक इश्वरी प्रसाद अधिकारी, प्रविण ढकाल , विद्यार्थीहरू युवराज गुरूङ र आकृती नेपालीलाई सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।