पोखरा, भदौ ३०
पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यको ३५० मत गणना सकिएको छ । जारी मत गणनामा ३५० मतगणना सम्पन्न हुँदा दूधमान गुरुङ २७०, देवेन्द्र प्रजु २६२, ललितबहादुर कुँवर २६१, सौगात थापा २५१, भीम गौतम २५१, जीवनप्रकाश श्रेष्ठ २५०, विनोद केसी २३९, प्रदीप राजभण्डारी र रामचन्द्र तिमिल्सिनाको समान २३२, टीकाराम सुवेदी (माधव)ले २३० मत प्राप्त गरेका छन् ।
त्यस्तै, लेखनाथ सुवेदी २१६, विष्णुप्रसाद तिमिल्सिना २१५, यादवप्रसाद पोखरेल २११ र प्रेमप्रसाद सुवेदीले २०९ मत प्राप्त गरेका छन् ।
मतगणना जारी छ ।
संघको १० सदस्यीय कार्यसमितिका लागि १४ जना प्रतिष्पर्धामा छन् ।
संघको वस्तुगततर्फ सूर्य घिमिरे (मदिरा) २२ मत, दुर्गा बराल (कस्मेटिक) २१ मत, , पृथ्वीराज तिमिल्सिना २० मत र नवीन नापित (कपडा) १४ मत ल्याएर बिजयी भएका छन् । नवीन नापित र दीपेन्द्र कोईरालाको समान १४/१४ भएपछि गरिएको गोला प्रथाबाट नापित बिजयी भएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







