भारतमा ५५ वर्षपछि पहिलो पटक प्रमुख अतिथि बिनै गणतन्त्र दिवस मनाइदैँ, परेडको मात्रै आयोजना

- विद्रोही समूहले दिल्ली, अयोध्या र बोधगयामा आक्रमण गर्ने तयारी गरेको सूचनापछि ति ठाउँहरुमा उच्च सुरक्षा सतर्कता, ८ रोहिंग्या पक्राउ


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७७ मा प्रकाशित




भारतमा आज (मंगलबार) ७२ औं गणतन्त्र दिवस मनाइँदैछ।

दिवसको अवसरमा त्यहाँ आज परेडको आयोजना गरिएको छ।

कोरोनाका कारण परेडको स्थिती फेरिनेछ। ५५ वर्षको पहिलो पटक गणतन्त्र दिवसमा कोही प्रमुख अतिथिको उपस्थिती हुनेछैन। यसअघि, भारतमा सन् १९५२, १९५३ र १९६६ मा पनि गणतन्त्र दिवसका बेला कोही प्रमुख अतिथिको उपस्थिती थिएन।

यस वर्षको कोरोना महामारी कारण भारतको गणतन्त्र दिवसमा विगतको भन्दा केही परिवर्तन देखिनेछ। परेडमा समावेश हुने झाँकीको संख्या ७० बाट घटाएर ३२ गरिएको छ। यीमध्ये १७ झाँकी राज्य र केन्द्र शासित राज्यको हुनेछ। ९ झाँकी भिन्न भिन्न मन्त्रालयको हुनेछ। ६ झाँकी सुरक्षाबलको हुनेछ।

परेडमा समावेश सबैले फेस मास्क लगाउनेछन्। प्रवेश द्वारमा नै सबैको थर्मल स्क्रिनिङ हुनेछ र सबैको हात स्यानिटाइज गरिनेछ ।

सवा लाख मानिसको साटो यसपटक २५ हजार मानिसले नै राजपथमा परेड हेर्न पाउनेछन्। १५ वर्षभन्दा साना र ज्येष्ठ नागरिकलाई राजपथमा जान अनुमति छैन। पहिला परेड ८.२ किमी लामो हुन्थ्यो । विजय चोकदेखि लालकिलासम्म जान्थ्यो । यसपटक ३.३ किमी लामो हुनेछ। विजय चोकबाट नेशनल स्टेडियमसम्म जानेछ।

राजधानी दिल्लीमा सुरक्षाको उच्च सतर्कता

विद्रोही समूहले आक्रमण गर्न सक्ने आशंकामा भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ । ७२ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता उच्च पारिएको हो । विद्रोही समूहले दिल्ली, अयोध्या र बोधगयामा आक्रमण गर्ने तयारी गरेको सूचनापछि सुरक्षा सतर्कता बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विद्रोही समूहले किसान आन्दोलनको आडमा दिल्लीसहित देशका कुनै पनि ठाउँमा हिंसा मच्चाउन सक्ने आशंका गरिएको छ।

सन् १९४७ जनवरी २६ मा बेलायतबाट स्वतन्त्र भएपछि भारतले हरेक जनवरी २६ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारत बेलायतबाट स्वतन्त्र भएलगत्तै पाकिस्तान भारतबाट अलग्गिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।