पोखरा । बिन्दा पाण्डे (पिएचडी) द्वारा लिखित “संसदीय राजनीतिमा लैङ्गिक सहभागिता” नामक पुस्तकमाथि पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अनेमसंघ गण्डकी प्रदेश कमिटीले आयोजना गरेको हो।
पुस्तकको बारेमा राजनीतिशास्त्री डा। गिरधारी दहाल, अधिकारकर्मी बिना सिलवाल, र सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ परिचर्चा गरेका थिए ।
पुस्तकमा नेपालको संसदीय राजनीतिमा महिलाहरूको सहभागिता, उनीहरूले भोगेको चुनौती, र महिला सशक्तिकरणमा आएको परिवर्तनलाई गहिरो रूपमा विश्लेषण गरिएको छ। सहभागी परिच्चाकारहरूले पुस्तकले नेपालको महिला सशक्तिकरणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
लेखक पाण्डेले पुस्तकमा विषयवस्तुलाई विश्लेषणात्मक, तथ्यपरक र सटीक रूपमा प्रस्तुत गरी स्पष्ट र सुसंगठित भाषा प्रयोग गरेको बताउदै नेपालको राजनीतिक प्रणालीमा महिलाहरूको भूमिकालाई ऐतिहासिक र वर्तमान दृष्टिकोणबाट विश्लेषण गरी प्रस्तुत गरेकी छिन्।
वक्ताहरूले पुस्तकले नेपालको महिला सशक्तिकरणमा पुर्याएको योगदानको प्रशंसा गर्दै, राजनीतिक क्षेत्रमा महिलाहरूको भूमिका अझ प्रभावकारी बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरे।
लेखक बिन्दा पाण्डेले पुस्तकमा महिलाको राजनीतिक यात्रामा आएको परिवर्तन, संघर्ष, महिलाको संसदीय उपश्थिति , निर्बाह गरेका भूमिका, नेतृत्वको उदासिनता र भविष्यमा महिलाको नेतृत्व भूमिकाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेको बताइन् ।
अनेमसंघ गण्डकीका अध्यक्ष हिरा गिरी ले संचालन गरेको कार्यक्रममा विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







