सांकेतिक तस्विर
असोज २ काठमाण्डौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ ।
उपनिर्वाचनलाई व्यवस्थित रुपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयले सम्पादन गर्ने कार्यलाई समयबद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
कार्यतालिकाअनुसार यही असोज ९ गते निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको सूचना प्रकाशित गरी असोज १० देखि १६ सम्म दल दर्ता र २० गते दल दर्ता स्वीकृत हुनेछ ।
यस्तै निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ ।
आगामी कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, आगामी मङ्सिर २ देखि निर्वाचन कार्यक्रम सञ्चालन र मङ्सिर १६ गते मतदान हुनेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







