केयर मार्क हस्पिटलले आयोजना गरेको रक्तदान कार्यक्रममा १०१ यूनिट रगत संकलन


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०८१ मा प्रकाशित




पोखरा ६, असोज,

केयर मार्क हस्पिटल लेकसाईड पोखराको रक्तदान कार्यक्रममा १०१ यूनिट रगत संकलन भएको छ । हस्पिटलको प्रथम बार्षिकोत्सवको अवसरमा आईतबार आयोजित रक्तदान कार्यक्रमको पोखरा–६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता सृष्टि शाही ठकुरीलाई व्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष भट्टराईले हस्पिटलले रक्तदान कार्यक्रम आयोजना गरेर सामाजिक उत्तरदायित्वप्रति जवाफदेही बनेको बताए । उनले हस्पिटलको सेवापनि गुणस्तरिय रहेको भन्दै प्रशंसा गरे ।

हस्पिटलका मेडिकल डाईरेक्टर डा.शंकर पोखरेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको जानकारी दिए । उनले स्वास्थ्य शिविरलगायतका कार्यक्रमहरुपनि गर्दै आएको भन्दै आगामी दिनमापनि सामाजिक कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता जनाए ।

हस्पिटलका मेडिकल अधिकृत डा.पुजा गुरूङले हस्पिटल १५ वेडको भएको बताए ।

रक्तदान कार्यक्रमको उद्घाटन शत्र हस्पिटलका अध्यक्ष जितु गुरुङको अध्यक्षतामा भएको थियो । उनले रगतको विकल्प रगतमात्र भएकाले रक्तदानमार्फत विरामीको जीवन बचाउने उद्धेश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको स्पष्ट पारे । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले रक्तदान कार्यक्रम आयोजना गरेर हस्पिटलले जीवन बचाउने अभियानमा टेवा पुर्याएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।