पोखराबाट १०३ च्याङ्ग्रा चोरेर फरार फकिर पक्राउ


     एभरेस्ट आवाज    
     असाेज ९ गते २०८१ मा प्रकाशित




१०३ वटा च्याङ्ग्रा चोरी गरेको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ घर भइ हाल पोखराको मासवार बस्दै आएका ५० वर्षीय मोहम्मद फकिर हुन । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–४ बाट सोमबार पक्राउ गरेको हो ।

फकिरसहित तीन जना मिलेर ४२ लाखमा च्याङ्ग्रा खरिद गर्ने पक्का गरी रकम पोखरा गएपछि दिने भनि च्याङ्ग्राधनी ताक्ला गुरुङलाई समेत पोखरा ल्याइएको थियो । पोखराको ड्यामसाइडस्थित होटलमा सुतेको अवस्थामा च्याङ्ग्रासहितको गाडी लिएर फकिर फरार भएका थिए ।

फकिरले ती च्याङ्ग्राहरु २ असोजमा पोखराको घट्टेखोलामा लगी बिक्रि गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका फकिरविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ६ दिनका म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्कीका डीएसपी वसन्तकुमार शर्माले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।