बेलायतमा कोरोनाका कारण थप एक जना नेपालीको मृत्यु


     एभरेस्ट आवाज    
     माघ १४ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

बेलायतमा कोरोना संक्रमणका कारण थप एक नेपालीको मृत्यु भएको छ।

ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा बस्दै आएका भूपू गोर्खा सैनिक प्राडा.चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

कोरोना संक्रमण भइ उपचारकै क्रममा मस्तिष्काघात भएपछि उनको मृत्यु भएको हो। कोरोना संक्रमण भई यही माघ ५ गते अस्पताल भर्ना भएका लक्सम्बा पछिल्लो समय बेलायतको स्थायी बसाइ टुंग्याई नेपाल फर्केर खुला विश्वविद्यालयमा प्राध्यापकका रूपमा रहेका थिए। उनी केही समयअघि मात्र श्रीमती र छोराबुहारीलाई भेट्न बेलायत गएका थिए।

डाक्टर लक्सम्बा विसं २०३६ सालमा अस्कल क्याम्पस स्ववियूको सभापतिमा निर्वाचित भएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।