असोज १६ पोखरा । गण्डकी प्रदेशकी भुमि ब्यवस्था तथा कृषि मन्त्री पदमा कुमारी जि सीले कृर्षिबाट नै रोजगार सृजना गर्नु पर्नेमा जोड दिएकी छन् ।
कृषि ब्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेशको सहयोगमा बुधवार देखि पोखरामा सुरु भएको प्रदेश स्तरिय कृषि पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री जि सीले नेपाललाई कृषि प्रधान देश भन्ने तर ब्यवसायिक रुपमा कृर्षि उत्पादनलाई स्थान नदिदा पछि परेको कृर्षी क्षेत्रलाई अव रोजगारीसँग जोडेर अगाडी वढाउनु पर्ने सुझाव राखेकी हुन् ।
नेपालको भौगोलिक स्वरुपलाई हेर्ने हो भने सवै खालका उत्पादन गर्न सकिने भएकाले अवका दिनमा हामीले सामुहिक रुपमा हामीलाई अवस्यक पर्ने खाद्य उत्पादनमा आत्मनिर्भर हुदै निर्यात गर्न सक्ने पुग्ने गरि उत्पादन वढाउनु पर्नेमा धारणा राखेकी हुन् ।
हाम्रो दैनिक जिवनमा आवस्यक पर्ने खाद्य वस्तु देखि उद्योग कलकारखाका लागि आवस्यक पर्ने कच्चा पदार्थ कृर्षी कै हुने भएकाले कृर्षीको उत्पादनले स्वत किसानलाई फाईदा हुन्छ भने उद्योग धन्दा संचालन हुदा धेरैले रोजगार पाउने भएकाले समुद्ध नेपाल र आत्मनिर्भर नेपालको परिकल्पनाका साथ अगाडी बढ्नुको विकल्प नभएको उनको विचार थियो ।
सोही अवसरमा कृषि ब्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख निलकण्ड पोखरेलले संचार माध्यमले अवका दिनमा राजनितीका कुरा मात्र नगरि समाजमा सकरात्म शन्देस जाने गरि विकासवादी पत्रकारीताको अवस्यकता रहेको वताएका थिए भने तालिम संयोजक भानुभक्त भटराईले खोज पत्रकारीताको माध्यमबाट भौगोलिक आधारमा कुन ठाउमा के को उत्पादन गर्न सकिन्छ भन्ने बारेमा हामी सबैजना लाग्नु पर्ने आवश्यकता औल्याए ।
तीन दिन सम्म चल्ने तालिमा गण्डकी प्रदेश अन्तरगत रहेका सवै जिल्लाबाट पत्रकारीता गरिरहेका करिव ३०जना भन्दा वढि पत्रकारको सहभागीता रहेको छ । तालिमा कृर्षि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी र कृर्षी विज्ञ कुलराज चालिसे, अनिल सुवेदी, खोज पाठशालाको तर्फबाट पत्रकार रामचन्द्र बराल, कृषि ब्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख निलकण्ड पोखरेलले सहजिकरण गर्ने छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







