दसैँका बेला सुनको मूल्यले नयाँ रेकर्ड बनायो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस


     एभरेस्ट आवाज    
     असाेज १८ गते २०८१ मा प्रकाशित




नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० कायम हुँदै नयाँ रेकर्ड बनेको हो ।

यसअघि नेपाली बजारमा असोज ११ गते सुनको मूल्य १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको थियो ।

दसैँको बेला सुनको मूल्य हालसम्मै उच्च बन्नुमा अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका कारण हो । इरान–इजरायल युद्धलगायतका कारण सुनको मूल्य वृद्धि भएको बताइएको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९८० रुपैयाँ कायम भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।