पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा १० को आयोजनामा निःशूल्क पाठेकोघरको मुखको क्यान्सर (भीआईए) को निःशूल्क परीक्षण गरिएको छ ।
शुक्रबार पोखरा– १० स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा १० को सभाहलमा आयोजित कार्यक्रममा एक सय जना भन्दा बढी लाभान्वित भएको छन् ।
चरक मेमोरियल हस्पिटल नागढुंगाको प्राविधिक सहयोगमा भएको शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. विष्णु पालिखेसहितको प्राविधिकहरुको समुहले पाठेकोघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण गर्नुका साथै क्यान्सर हुने कारण र अपनाउनुपर्ने सावधानिका बारेमा मरामर्श दिएका थिए ।
सो क्रममा नेपालीहरुका महान् पर्व बडा दशैं, तिहार, छट र नेपाल सम्वत्को शुभकामना आदान प्रदान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराबाटै निर्माण गरिएको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ।…







