पोखरा –नवलपुर सम्पर्क समाजको अध्यक्षमा ईश्वर


     एभरेस्ट आवाज    
     असाेज १७ गते २०८१ मा प्रकाशित




असोज १७ पोखरा । नवलपुर सम्पर्क समाजको अध्यक्षमा ईश्वर श्रेष्ठ निर्वाचित भएका छन् । समाजको बिहिबार सम्पन्न दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

समाजको उपाध्यक्षमा मणिप्रसाद डुम्रे , मिन बहादुर भण्डारी , सचिवमा शिब प्रसाद न्यौपाने ,कोषाध्यक्षमा पूर्णकला रिजाल सहसचिवमा तारा प्रसाद श्रेष्ठ रहेका छन् ।

यस्तै सदस्यहरुमा बाल प्रसाद श्रेष्ठ ,टकमाया रानामगर , शान्ति पाण्डे चालिसे , शुशिला देबि भण्डारी , निर्मला बास्ताकोटि सर्वसम्मत चयन भएका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा नवलपुर सम्पर्क समाजका सल्लाहकार डा. पदम श्रेष्ठले ब्यानरमा हस्ताक्षर गरेर सुरु भएको थियो ।

कार्यक्रममा बोल्दै श्रेष्ठले “नवलपुरबाट अस्थाई वा स्थाई रुपमा पोखरा बसोबास गर्दै आएका व्यक्तीहरुको सुख र दुःखमा साथ दिने उचित कार्यलाई हौसला प्रदान गर्ने र नराम्रा कार्यलाई खबरदारी गर्ने साझा संस्था रहेको बताएका थिए। यो समाज नितान्त समाज र सामाजिक दायित्व बोकेर अगाडी बढ्ने जानकारी समेत दिए । कुनै पनि सल्लाह तथा सहयोगको लागी आफू अग्रसर समेत रहेको बताए। उनले आफूले विगतदेखि नै नियालीरहेको भन्दै आगामी थप रचनात्मक काम गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गडपति माईक्रफाईनान्सका सिईओ बिष्णु ढकालले नवलपुरबासिलाई परेको प्रत्येक दुःखमा साथ दिन आफू तयार रहेको स्पष्ट पारे ।

ई.ओम शर्माले यो संस्था मात्र एउटा राजनैतिक नभई सामाजिक भावना र भाइचारा सद्भावको लागि बनाइएको संगठन भएको हुँदा आफ्नो व्यक्तीगत स्वार्थलाई त्यागी सामाजिक कार्यक्रममा जुट्न नव मनोनित सदस्यहरुलाई आग्रह गरे ।

निर्वाचित अध्यक्ष ईश्वर श्रेष्ठले पोखरा नवलपुर सम्पर्क समाजका सदस्यहरुलाई आफूलाई विश्वास गरि मनोनित गरेकोमा आभार ज्ञापन गर्दै कार्यसमितिलाई आफूले एकताबद्ध बनाएर समाजको प्रगतिको लागि सदैब अग्रसर रही काम गर्ने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।