पोखरा । साराङ्ग खेल र विशेष फुलपाती बढाई कार्यक्रम सराङकोटमा हुने भएको छ । नेपालको इतिहास राज्य एकिकरण संग जाृेडिएको युद्द कौशल संग जोडिएको साराङ्ग नाच लाई खेलको रुपमा करिव ७०० बर्ष पुरानो शाह बंशीय राजा कुलमण्डल शाहको पालादेखी गरीदै आएको इतिहासलाई क्षत्री समाज नेपाल पोखरा १८ को अगुवाईमा पुन सकृय गरीने भएको छ ।
नेपालको एतिहासीक संस्कृती संरक्षण मा नया पुस्ताहरुलाई सहभागी गरीने उद्देश्य सहित यस बर्ष देखी निरन्तरता दिने गरी सुरु गरीएको सराङकोट धार्मिक पर्यटन क्षेत्र बिकास समितिका अध्यक्ष प्रेम बहादुर जि.सीले बताए ।
पुर्व पश्चिम उचा्इ भएको सराङकोट मा हतियार भण्डारण क्षेत्रको रुपमा परिचित रहेको मानिन्छ , हाल सराङकोटमा विशाल शिव मन्दिर पञ्चमुखी गणेशको विशाल मुर्ती संगै परापुर्व कालदेखी मानिदै आएको भुमे कालिका देबी भैरव ,चण्डी मन्दिरको पुन निर्माण भैसकेको छ । हाल सम्म ३० करोड र्खच भैसकेको सराङकोटको पहिचानलाई पूर्न निमार्ण संगै भ्यूटावरको निमार्णले पर्यटकलाई आकर्षण दिई रहेको छ ।
नेपालको संस्कृति परम्परा सबै जाती भन्दा माथि रहेकाले साराङ्ग खेललाई धार्मिक पर्यटन संग जोडी यूवा पुस्तालाई सहभागी गराउन सके सराङकोटको पहिचान विश्वमाझ थप परिचित हुने क्षत्री समाज नेपालका महासचिव कृष्ण बहादुर थापाले बताए ।
सयौ बर्ष देखी मनाइदै आएको फुलपाती बढाई लाई पुन सकृय गराई विजयदशमीको फुलपाती असोज २४ गते सराङकोट क्षेत्रमा विशेष रुपले मनाइने योजना रहेको पोखरा महानगर पालिका वार्ड नं १८ का अध्यक्ष शिब प्रशाद तिमिल्सीनाले बताए ।
इतिहासको खोजी संगै सबै जातीको सहभागितामा साराङ्ग खेललाई नियमित गदै ,संरक्षण गरीने योजना रहेको क्षत्री समाज नेपाल पोखरा १८ सराङकोटका अध्यक्ष अमर बहादुर थापाले बताए ।
कार्यक्रम सफल पार्न पोखरा १८ मा रहेका सामाजिक ,धार्मिक ।संघ संस्थाहरु समेटी बृहत आयोजक समिति गठन गरीएको छ ।
सराङखेलमा सराङकोटका १० देखी ७० बर्ष सम्म का ५० जनाको सहभागि रहेको प्रशिक्षणका लागि गण्डकी प्रज्ञाप्रतिष्ठानले सहयोग गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्तर्राष्ट्रिय धावक लेफ्टिनेन्ट रिटायर्ड कुसाङ कुमार गुरुङले तेस्रो संस्करणको खुला…







