पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्वर ७ मा भएको स्वास्थ्य शिविरमा २५० जना लाभान्वित भएका छन् ।
मंगलबार छाचोकस्थित अस्पतालमा भएको शिविरमा ३ वटा टोलका २५० लाभान्वित भएका हुन् ।
मादी गाउँपालिका वडा नम्वर ७ र मादी आधारभूत अस्पतालको संयूक्त आयोजनामा निःशूल्क वडास्तरीय बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
शिविरमा ईसिजी, भिडियो एक्स रे, रगत, पिसाव, खकार, परामर्श तथा निःशूल्क औषधी समेत वितरण गरिएको मादी आधारभूत अस्पतालका प्रमुख विनोद बरालले जानकारी दिए ।
सो अवसरमा वडाध्यक्ष दुर्गाबहादुर गुरुङले वडामा सञ्चालन गरिएको स्वास्थ्य शिविरले असक्त नागरिकहरु बढी लाभान्वित हुने मौका मिलेको वडाले आगामी दिनमा प्राथामिकता दिने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







