पुर्व मन्त्री कुमार खड्कालाई पोखरामा नागरीक अभिनन्दन गरिने भएको छ । पोखरा १६ निवासी खड्काले केन्द्र र प्रदेश सरकारको मन्त्री बन्दा पोखरा १६ को विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र यस क्षेत्रको विकासमा पार्टी भन्दा माथि उठेर जनताका प्रत्यक्ष सरोकारका विषयमा ध्यान दिएको भन्दै तुम्केमा रहेको नमुना क्लवले सोमबार विहान नागरिक अभिनन्दन गर्न लागेको क्लबले जनाएको छ।केआई सिंह पुलबाट गाडी, मोटरसाइकल र्याली सहित नागरिक अभिनन्दन गरिने र महेन्द्र गुफावाट पैदल यात्रापछि तुम्के खेल मैदानमा पुगी विशेष कार्यक्रम गरिने वताईएको छ।

पोखरा १६ , १९ र २०मा मन्त्री भएका बखत कुमार खड्काले आफ्नै पहलमा वजेट विनियोजन गरि,सडक निर्माण, खानेपानी तथा सामुदायीक भवन निमार्ण लगायतका क्षेत्रहरुमा ठुलो योगदान पुर्याउनु भएको थियो।
मन्त्री खड्काको अभिनन्दनले असल व्यक्तिको उच्च सम्मान भएको स्थानीयबासीले प्रतिक्रिया दिएका छन्। खड्कालाई नागरिक अभिनन्दन गर्न आफूहरु व्यग्र प्रतीक्षामा जुटेको स्थानीयको भनाइ छ।
सोमबार विहान हुने कार्यक्रममा सहभागि भईदिन क्लवले सम्पूर्णलाई आग्रह समेत गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


चर्चित सांगीतिक ब्याण्ड नेपथ्य तनहुँमा गुञ्जने भएको छ । मंसिर १२ गते…







