असोज २८ पोखरा ।पूर्वमन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ ।
पार्टी र विचार भन्दा माथि उठेर नागरिकका प्रत्यक्ष सरोकार र विकास निर्माणका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै, पोखरा १६, तुम्केमा रहेको नमुना क्लवले नेता खड्कालाई विशेष कार्यक्रमका विच नागरिक अभिनन्दन गरेको हो । पोखरा १६ को प्रवेशद्वार केआई सिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा, र्यालीसहित नगर परिक्रमा गराईएको थियो ।
कार्यक्रममा खड्कालाई, जेयष्ठ नागरिक एवं समाजसेवी सोबवहादुर गुरुङ, मुक्तिप्रसाद भट्टराई, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना र क्लवका अध्यक्ष मीनवहादुर गुरुङले अभिनन्दनपत्र प्रदान गरी सम्मान गरेका थिए ।
कार्यक्रममा पुर्व मन्त्री खड्काले जनताको मन जित्ने गरी आफुले कार्यकाल पुरा गरेको र अझै जनताको पक्षमा निरन्तर लागि रहने प्रेरणा प्राप्त गरेको बताए ।
क्लवका अध्यक्ष मीनवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका पुर्व अध्यक्ष एवं आजिवन सदस्य जीवन आचार्य, हिमालय क्लवका अध्यक्ष मोहनबहादुर थापा, क्लवका सहसचिव दिपकबहादुर केसी लगायतले वडाको समग्र विकासमा नेता खड्काले पुर्याएको योगदानको प्रशंसा गर्दै, जनप्रेमी नेताले सधैं नागरिकको मन जित्ने बताएका थिए ।
खड्का, संघीय सांसद हुँदा महिला, बालवालिका तथा समाज कल्याण मन्त्री र पछि गण्डकी प्रदेश सरकारका भौतिक योजना, पुर्वाधार विकास र यातायात व्यवस्था मन्त्री बनेका खड्काको कार्यकालमा पोखरा १६,१९ र २० नम्वर वडामा विकास निर्माण, खानेपानी, सामुदायिक भवन, महिला शसक्तिकरणका क्षेत्रमा निकै फड्को मारेको थियो ।
उनको कार्यकालमा २१ वटा पक्की पुल, १२ वटा झोलुङ्गे पुल, ५५ दशमलव २५ किमि सडक कालोपत्रे, ४९ दशमलव २ किमी सडक ग्रावेल भएका थिए भने १ अर्व २२ करोड राजश्व संकलन समेत भएको थियो । अमला विसौनी घार्मी आलेवारी सडक, घार्मीखोला अर्मलाकोट सडक, जुम्लेटी हरिपाउँ सडक लगायतका अधिकांश ग्रामिण सडकको स्तरोन्नती तथा कालोपत्रे, ढलान गर्न उनको भुमिका रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


चर्चित सांगीतिक ब्याण्ड नेपथ्य तनहुँमा गुञ्जने भएको छ । मंसिर १२ गते…







