मुस्ताङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


     एभरेस्ट आवाज    
     असाेज २९ गते २०८१ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । मुस्ताङ घुम्न हिँडेका गोरखाका सञ्जय खड्काको सडक दुर्घटननामा मृत्यु भएको छ ।

मंगलबार साँझ जोमसोमबाट लेतेतर्फ आउँदै गरेको ग १ च ७६९२ नम्वर कार र बेनीबाट जोमसोमतर्फ जाँदै गरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा खड्काको मृत्यु भएको हो ।

घरपझोङ–३ पुथाङ एअरपोर्ट नजिकै भएको दुर्घटनामा गोरखाको आरु चनौटे–९ घर भएका मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय सञ्जय खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए ।

मृतक खड्का मोटरसाइकलमा घुम्नका लागि अप्पर मुस्ताङ जाँदै गरेको खुल्न आएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई मुस्ताङ अस्पतालमा पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले दुर्घटनापछि कार र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।