असोज ३० पोखरा । सराङ्गकोट बहुउद्धेश्यीय सहकारी सस्थाले वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३३ यूनिट रगत संकलन भएको छ ।
संस्थाले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत आयोजित कार्यक्रममा ३३ यूनिट रगत संकलन गरिएको हो ।
रोटरी क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लब पोखरा दर्पणको सहकार्यमा रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
रक्तदानको महत्वसंगै सहकारी मार्फत भएका रचनात्मक कार्यले समाजमा सकरात्मक एकताको सन्देश दिएको अधिकारीले बताए ।
कार्यक्रममा प्रादेशिक रक्तसञ्चार सेवा पोखराका प्रमुख महेन्द्र के.सी., रोटरी क्लब लेकसाइडका पूर्व अध्यक्षहरु अर्जुन खनाल, राजेन्द्र लिगल, शोभाकान्त सिग्देल, डा. बिर बहादुर कार्की, लायन्स क्लब ३२५ एल. रक्तसञ्चार प्रमुख जितेन्द्रमान शाक्य, जोन प्रमुख महेन्द्र पौडेल , पोखरा दर्पणका कार्यबाहक अध्यक्ष पदमलाल अधिकारी, सामुदायिक रेडियो प्रसारक संघ गण्डकीका कोषाध्यक्ष तिर्थ के.सी. लगायतले बोलेका थिए ।
सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कुलप्रसाद सुवेदीले सञ्चालन गरेका थिए ।
वि.स. २०६३ मा स्थापित सहकारीले सामुदायिक रेडियो सराङ्गकोट सञ्चालन गरिरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







