फेवातालमा अलपत्र परेका दुई जनाको सकुशल उद्धार


     एभरेस्ट आवाज    
     कार्तिक १ गते २०८१ मा प्रकाशित




कार्तिक १ पोखरा । पोखराको फेवातालमा अचानक आएको हावाहुरीका कारण तालको वीचमा नै अड्किएका दुई जनाको सकुशल उद्धार गरिएको छ ।

बिहीबार अपरान्ह फेवातालको विचमा डुङ्गामा सयर गर्ने क्रममा अड्किएका रुपन्देही देवदह न.पा.११ घर भई काठमाण्डौ तोखार न.पा. बस्ने वर्ष २२ का मनिष विश्वकर्मा र रूपन्देही देवीनगर न.पा.११ बुटवल बस्ने वर्ष २२ कि प्रिति सुनारलाई सशस्त्र प्रहरी बल नं.२४ कालिका गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको विषेश उद्धारकहरुले सकुशल उद्धार गरेका हुन् ।

काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार गरेका दुई जनालाई अचानक आएको हावाहुरीमा परी वीच तालमा अतालिएको र उद्धारका लागि चिच्याई रहेको अवस्थामा उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए ।

एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको बिशेष बिपद् व्यवस्थापन टोलीले उक्त घटना देख्ने वित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।