रवि लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ प्रहरीलाई अनुमति दिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा संलग्न भएको आरोपमा रास्वपा सभापति लामिछानेलाई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको हो ।

पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई अनुसन्धानका लागि अदालतले कास्की प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको प्रहरी उच्च श्रोतले जनाएको छ ।

कास्की प्रहरीले सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।