फाइल तस्विर
कार्तिक ३ पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापती रवि लामिछानेले आफूलाई सामान्य व्यवहार गर्न प्रहरीलाई आग्रह गरेका छन् ।
अनुसन्धानका लागि काठमाडौंबाट पोखरा ल्याइएपछि उनले कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयालाई उनले आफूलाई भिआईपीको सुविधा र त्यस अनुसारको व्यवहार नगर्न आग्रह गरेको कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए ।
रविलाई उद्धृत गर्दै उनले भने,‘मलाई सामान्य व्यवहार गरियोस्, अरुले जे खान्छन् त्यहि दिईयोस्, अरुलाई जस्तो व्यवहार हुन्छ त्यस्तै व्यवहार गरियोस्, मलाई भिआईपीको सुविधा चाहिंदैन ।’
पक्राउ परेका रविलाई भेट्न उनकी श्रीमती निकिता पौडेलपनि पोखरा आएकी छन् । शुक्रबार राती नै पोखरा आएकी उनले शनिबार दिउँसो जिप्रका गएर रविको अवस्थाबारे जानकारी लिएकी हुन् । उनी केहि दिन पोखरामै बस्ने बताइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


डादसैँलाई स्वागत गर्न पर्वतमा प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन प्रतियोगिता हुने भएको…







