कार्तिक ४ पोखरा । गुरुङ पर्यटन ब्यबसायी संघ नेपाल (जिटिन) गण्डकीले पोखरामा पर्वतारोही तेजन गुरुङलाई नगरपरिक्रमा सहित सम्मान गरेको छ ।
हालै आठ हजार मिटर माथिका १४ वटा हिमालहरुको सफल आरोहण पुरा गरेका तेजन गुरुङलाई उनलाई गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, जिटिन गण्डकी अध्यक्ष किसम कुमारी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष तथा कार्यक्रमका संयोजक बोबर जंग गुरुङ लगायतले फेटा, माला, भाङ्ग्रा,खादा र सम्मान पत्रद्वारा सम्मान गरेका हुन् ।
यसअघि गुरुङको स्वागतमा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट बाजागाजा सहितको र्याली पोखराको लेकसाईड स्थित क्रिश्टल मलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्घाटन गरेको कार्यक्रममा पोखरा पर्यटन परिषदका द्वितिय उपाध्यक्ष चौ बहादुर गुरुङ, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष बलराम आचार्य, तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, नेपाल पर्यटन बोर्डका अधिकृत कुन्दन मिश्र, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेश बहादुर भट्टराईले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सम्मानित गुरुङले आरोहणको अनुभव सहित सम्पूर्ण नेपाली युवाहरुले आफ्नै देशमा सक्दो योगदान गर्नु पर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष किसम कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तथा कार्यक्रमका संयोजक बोबर जंग गुरुङले स्वागत र सञ्चालन महासचिब तुल बहादुर गुरुङले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







